सूर्य कमजोर बन्दै गएको वैज्ञानिकको दाबी, पाँच गुणा कम भयो चमक


Friday, Sep 2020

जर्मन वैज्ञानिकहरुले सूर्यको चमक कम हुँदै गएको निष्कर्ष निकालेका छन् । म्याक्स प्लांक इनस्टिच्युटका अन्तरीक्ष वैज्ञानिकहरुका अनुसार सूर्यको चम्किलोपना यसअघि अनुमान गरिएको भन्दा निकै उच्च दरले घटेको छ । आकाशगंगामा रहेका अन्य ताराहरुको तुलनामा सूर्य कमजोर अवस्थामा रहेको पनि वैज्ञानिकहरुको ठहर छ ।

यद्यपि सूर्यको चमक रातारात कम भएको भने होइन । पछिल्लो ९ हजार वर्षमा सूर्यको चम्किलोपनामा ५ गुणाले कमी आएको हो । सूर्यको चमकमा यस्तो भयानक गिरावटको कारणको खोजी वैज्ञानिकहरुले गरिरहेका छन् ।

उनीहरुका अनुसार हजारौ‌ं वर्षदेखि सूर्य लगातार कमजोर बन्दैछ र दिन प्रतिदिन यसको चमक फिक्का हुँदैछ ।

जर्मन वैज्ञानिकहरुले अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको केपलर स्पेस टेलिस्कोपबाट प्राप्त तथ्यहरुको विश्लेषण गरी यस्तो निष्कर्ष निकालेको बताइएको छ ।

वैज्ञानिकहरुका अनुसार पछिल्ला केही हजार वर्षयता सूर्य शान्त छ । सूर्यको सतहमा बन्ने सोलार स्पटबाट यसको गणना गरिन्छ । सूर्यको केन्द्रबाट जब तातोको तीव्र लहर माथि उठ्दछ, तब सोलार स्पट बन्दछ ।

पछिल्लो समय सन् १६१० यता सूर्यमा बन्ने सोलार स्पट लगातार कम हुँदै गएको रेकर्ड छ । अघिल्लो वर्ष समेत लगातार २ सय ४६ दिनसम्म सूर्यमा कुनै पनि त्यस्तो सोलार स्पट देखिएन । वैज्ञानिकहरुका अनुसार सरल भाषामा यसलाई सूर्य थाकेको र छोटो निद्रा लिइरहेको अर्थ लगाउन सकिन्छ ।

सूर्यको केन्द्रमा आगोको विस्फोट नभैरहनु र सोलार स्पट नबनिरहनुले अन्य ताराहरुको तुलनामा सूर्य कमजोर बनेको देखाउँदछ । जसका कारण सूर्यको चमक फिक्का हुनुका साथै प्रकाशमा समेत कमी आएको छ । एजेन्सीको सहयोगमा

React to this post

I am keshab acharya from khotang diktel. Studied at Tri-Chandra multiple campus(BSc physics)


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/keshabacharyacom/public_html/wp-includes/functions.php on line 5613

Leave a Reply

Your email address will not be published. Required fields are marked *

© Blog 2019-2023 All rights reserved. Site By: Neptop About Us Advertisment Privacy Policy Contact Us