रक्तदान : परोपकार मात्र होइन, आफ्नो स्वास्थ्य–लाभ पनि


Tuesday, Sep 2020

कोरोना महामारी, लकडाउन, निषेधाज्ञा आदिको कारण रक्तदान अभियान सञ्चालन हुन सकेको छैन । यसको सोझो असर रक्तसंचार सेवा एवं ब्लड बैंकमा परेको छ । नेपाल रेडक्रस सोसाइटीले आह्वान नै गरिरहेको छ, ‘रक्तसंचार केन्द्रहरुमा रगत मौजाद अत्यान्तै कम भएकाले रक्तदान गरौं ।’ दुर्घटनामा परेका व्यक्तिको उपचार एव अन्य रोगहरुको आकस्मिक शल्यक्रिया गर्नका लागि आवश्यक रगतको अभाव

भइरहेको बताइएको छ।

 

त्यसो त सामान्य दिनमा समेत कुनै ठूलो दुर्घटना हुँदा रगतको माग धान्न मुस्किल पर्ने गरेको बताइन्छ । जबकी अहिले रक्तदान गर्ने क्रम घटेको छ भने अस्पताल बिरामीले खचाखच भरिएको छ । तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्थामा, सुत्केरी, क्यान्सर र मुटुका रोगीलाई बढी मात्रामा रगतको आवश्यक्ता पर्छ । त्यसो त रक्तदान अभियान जारी रहँदा मनकारी व्यक्तिहरुले स्वतस्फूर्त रुपमै रक्तदान गरिरहेको अवस्था थियो ।

रक्तदानलाई ‘जीवनदान’ समेत भनिन्छ । यो आफैमा पूण्य र परोपकारको काम पनि हो ।

अमेरिकन रेडक्रसका अनुसार एकपल्टको रक्तदानले तीन जनाको ज्यान बचाउन सकिन्छ । रक्तदान गरेमा समस्यामा परेको व्यक्तिलाई त फाइदा हुन्छ नै, दान दिने व्यक्ति समेत यसबाट लाभान्वित हुन्छन् ।

जब हामी रक्तदान गर्छौ, हाम्रो शरीरबाट बाहिरिएको रगतको भरपाई शरीरले दुई–तीन दिन भित्रमै गरिदिन्छ । त्यतिमात्र हैन, रक्तदानले तनाव कम गर्नुका साथै, शरीरलाई स्वस्थ राख्छ ।

तर हाम्रो जस्तो विकसित मुलुकमा रक्तदानको महत्वबारे थाहा नहुँदा आज पनि मानिसमा रक्तदानलाई लिएर कयौ भ्रम छ । उनीहरु सोच्छन्, रक्तदान गर्नाले शरीर कमजोर हुन्छ, स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ । त्यसैले, रक्तदान गर्नु हुँदैन ।

रक्तदानका फाइदा

जबकी विभिन्न अध्ययन अनुसन्धानहरुले जनाए अनुसार  रक्तदान गरेमा मुटुको रोग जोखिम कम हुनुका साथै रगतमा कोलेस्ट्रोलको मात्रा समेत कम गर्छ ।

त्यस्तै, नियमित रक्तदान गर्ने व्यक्तिमा कलेजो, कोलोन, फोक्सो, अन्ननली तथा पेटको क्यान्सरको जोखिम कम हुन्छ भने सन् २००८ मा गरिएको एक अध्ययनले बताएको छ ।  सन् २०१६ मा भएको एक अनुसन्धानले पनि रक्तदान गरेमा इफ्लेमेसन कम हुने शरीरमा एन्टीअक्सिेडेन्टको मात्रा बढ्ने पाइएको छ ।

–रक्तदानको समयमा तीन सय मिलीलिटर रगतमात्र दान गरिन्छ, जसको भरपाई शरीरले २४ देखि ४८ घण्टा भित्रमा गरिसक्छ ।

–रक्तदान पश्चात्त शरीरमा रगतको कोशिका तिव्र गतिमा बढ्न थाल्छ ।

–शरीरमा रातो रक्तकोषिकाको वृद्धि भएमा अक्सिजनको मात्रा बढ्न थाल्छ, जसले गर्दा रक्तदान गरे लगत्तै शरीरमा स्फूर्ति बढ्छ ।

–रक्तदान गरेमा संक्रमित रोग समेत पत्ता लाग्छ ।

–रगतहरुमध्ये ओ नेगेटिभ रगत भएका व्यक्ति यूनिभर्सल डोनर हुन्, अर्थात उनीहरु जो कसैलाई आफ्नो रगत दान दिन सक्छन् ।

–एक जनाले दान दिएको रगतले तीन जनाको ज्यान बचाउन सकिन्छ ।

कस्ता–कस्ता व्यक्तिले रक्तदान गर्न सक्छन् ?

–१८ वर्ष माथिका तथा ६८ वर्ष उमेर समूहका कुनै पनि स्वस्थ्य व्यक्तिले रक्तदान गर्न सक्छन् ।

–जसको तौल ४५ किलो भन्दा धेरै छ ।

–जसको रगतमा हेमोग्लोविनको मात्रा १२ प्रतिशत भन्दा धेरै छ ।

–रक्तदान गर्ने व्यक्तिले एन्टीबायोटिकको सेवन नगरेमा

–पछिल्लो तीन वर्षमा जण्डिस वा कुनै ठूलो शल्यक्रिया नगरेमा

–एक रक्तदाता वर्षमा कम्तीमा चार पटक तीन–तीन महिना महिनाको अन्तरालमा रक्तदान गर्न सक्दछन् ।

कसले रक्तदान गर्न सक्दैनन् ?

–गम्भीर रोगबाट ग्रसित व्यक्तिले

–स्तनपान गराउने महिला

–महिनावारी भएको बेला

source:- onlinekhabar.

React to this post

I am keshab acharya from khotang diktel. Studied at Tri-Chandra multiple campus(BSc physics)


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/keshabacharyacom/public_html/wp-includes/functions.php on line 6031

Leave a Reply

Your email address will not be published. Required fields are marked *

© Keshab Acharya 2019-2024 All rights reserved. Site By: Neptop About Us Advertisment Privacy Policy Contact Us