मैले चिनेको उ


Saturday, May 2021
मैले चिनेको उ
म भन्दा फरक थियाे
धेरै जिद्दी अनि
थोरै लजालु थियाे उ
आमाको छातीमा टासिँदै
आँखा नियाल्दै
निदाउने उ
बाबाको हात समाउँदै
ताते ताते गर्दै
दौडिने उ
औधी खुसी थियाे
किनकी
उसँग खुसीको सुवास छर्ने
छुट्टै फुलबारी थियो
अनि सुखको आभास दिने
एउटा आगेनी थियो
जहाँ उ घण्टौ बसेर
हजुरबाका गीतहरुमा
तोतेबोलीको मिठास छरथ्यो
अनि काेमल हातहरुले
ताली पिट्दै धुन भरथ्याे
तर अहिले मेरो फुलबारीमा
फुल भन्दा तिखा काँडाहरु छन्
ती हजुरबा सँगका यादहरु
भाँडाकुटी सँग लगाएका साइनोहरु
मनको दराज भित्र कैद छन्
कुनै यादमै सिमित छन्
उसलाई
न त जिम्मेवारीको बोध थियो
न त देखासिखिको सोख थियो
उसको अबोध मन
अनि बालापन
छुट्टै प्यारो थियो
तर
मलाई बोध छ
जिम्मेवारी अनि कर्तव्यको
सोख छ
कोरीएका सपनाहरुको
अनि
साकार पार्नुछ
बुवाआमाले देखेका सपनाहरु
छुनु छ
छुन खोजेका जुनहरु
ब्युझाउँनुछ
निदाएका अठोटहरु
अनि हाक्नु छ
मेरो लक्ष्यका विमानहरु
त्यसैले त मैले चिनेकाे उ                                                                                              
म भन्दा फरक थियो
धेरै हसिलो अनि
बिछट्टै प्यारो थियाे उ ।
                                                                जीवन पराजुली                                                  

React to this post

I am keshab acharya from khotang diktel. Studied at Tri-Chandra multiple campus(BSc physics)


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/keshabacharyacom/public_html/wp-includes/functions.php on line 5613

Leave a Reply

Your email address will not be published. Required fields are marked *

© Blog 2019-2023 All rights reserved. Site By: Neptop About Us Advertisment Privacy Policy Contact Us