बिभिन्न मुद्रा र यस सम्बन्धि जानकारी


Tuesday, Mar 2021

यो समस्त व्रहण्ड पञ्चतत्व (जल, पृथ्वी, आकाश, वायु र अग्नि) ले मिलेर बनेको छ । यसैगरी हाम्रो संम्पुूर्ण सरिर पनि यिनै पञ्चतत्वले बनेको छ र यि पाँच तत्वलाई अंगुलीया (औला) ले प्रतिनिधित्व गर्छ । अंगुष्ठा (बुढी औला) ले अग्नि, तर्जनी (चोरी औला) ले वायु मध्यमा ले आकाश, अनामिका ले पृथ्वी र कनिष्ठा (कान्छि औला) ले जल तत्वलाई प्रतिनिधित्व गर्छ । जसरी हामी हातमा मुद्रा लगाउँछौ त्यसको विपरीत शरीरमा त्यसको प्रभाव तुरुन्त पछ्र्र ।
केही हस्तमुद्रा र यसका फाईदा :

क) ज्ञानमुद्रा या ध्यानमुद्रा : अंगुष्ठ (वुढी औला) र तर्जनी (चोरी औला) को अगाडीको भाग एकआपसमा मिलाउने र अरु औला सिधा राख्ने (चित्र न.१)
लाभ :
एकाग्रता बढउन तथा नकरात्मक विचार कम गराउँछ
स्मरण शत्ति वढ्छ
मस्तिष्कका स्नायुहरु मजबूत हुन्छन्
टाउको दुख्ने, अनिद्रा तथा तनाब टाढा हुन्छ साथै क्रोध को नाश हुन्छ ।


ख) वायुमुद्रा :  तर्जनि (चोरी औला) ले अंगुष्ठ (वुढी औला) को मूलमा हल्का दबाव दिएर राख्दा यो मुद्रा बन्छ । (चित्र न.४)
लाभ:
यसको अभ्यासले सम्पूर्ण प्रकारका वायु सम्बन्धि विकार गठिया, सन्धिवात, आर्थराइटिस, पक्षघात, कम्पवात, तथा घुडाको दुखाइ निको हुन्छ ।

ग) शुन्यमुद्रा:  मध्यमा औलाले अंगुष्ठ (वुढी औला) को मूलमा हल्का दबाव दिने र बाकी औला सिधा राख्दा यो मुद्रा बन्छ ।(चित्र न.५)
लाभ:
यसको दिनहु एक घण्टा सम्म गर्नाले कानका सम्पूर्ण समस्या निको हुन्छ, जस्तै कानको दुखाई वोहिरोपन

सावधानि:  खाना खाएको बेला तथा हिडेको बेला यो मुद्रा लगाउनु हुन्न ।
घ) पृथ्वीमुद्रा : अनामिका ( ring finger )र अंगुष्ठ (वुढी औला) को अगाडीको भाग मिलाइ राख्नाले यो मुद्रा बन्छ ।(चित्र न.२)
लाभ :
यसको निरन्तर अभ्यास गर्नाले शारीरिक दुर्बलता, मोटापा आदि रोग पर भाग्छ
पाचन शक्ति ठीक पार्न, जीवन शक्ति एवं सात्विक गुणको विकाश गर्छ ।
शरीरमा स्फर्ति क्रान्ति एवम तेजस्विता ल्याउछ ।
ड) प्राणमुद्रा:  यो मुद्रा कनिष्ठा (कान्छी) अनामिका (ringe finger) तथा अंगुष्ठ (बुढी औला) को टुप्पो टुप्पो मिलाउदा र बाँकी औला सिधा राख्दा बन्छ ।
लाभ :
आँखाको दोष टाढा भगाउछ, नेत्र ज्योति बढाउछ शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउछ, थकान टाढा भगाउछ ।
च) अपानमुद्रा:  अंगुष्ठ, मध्यमा एवम अनामिका को स्पर्श गदै बाँकि औला सिधा राख्दा यो मुद्रा बन्छ

लाभ :

यसको अभ्यासले कब्ज वायुविकार, मधुमेह पिसावम अवरोध, दाँतको विकार आदि पर भगाउछ ।
पेटको लागी यो मुद्रा उपयोगी छ ।

छ) अपानवायुमुद्रा:  अपानमुद्रा तथा वायुमुद्रा को एकै साथ मिलाउँदा र कान्छी औला सिधा राख्दा यो मुद्रा बन्छ ।(चित्र न.९)
लाभ :
ह्दय रोगको लागी एकदमै उपयोगी
टाउको दुख्ने, दम तथा उच्च रक्तचापको लागी उपयोपगी

ज) सूर्यमुद्रा:  अनामिका ले अंगुष्ठको फेदमा लगेर दबाउदा यो मुद्रा बन्छ(चित्र न.६)
लाभ :
शरीर सन्तुलन हुन्छ, वजन घट्छ तथा मोटोपन कम हुन्छ ।
साबधानि 
दुर्वल व्यक्तिले गर्न मलाहि छ
गर्मि समयमा धेरै बेर गर्नु हुन्न
झ) वरुणमुद्रा:  कनिष्ठा अंगुठे (बुढी औला) मा लगाएर राख्दा यो मुद्रा बन्छ ।(चित्र न.३)
लाभ
शरीरको रुखोपन नष्ट हुन्छ
अनुहार सुन्दर बन्छ
सावधानी  कफ प्रकृति भएकाले नगर्ने
ञ) लिंँगमुद्रा: दायाँ वायाँ हातका औलाहरु एक अर्कामा फोल्ट गर्ने र वायाँ हातको बुढीऔला उठाउने (चित्र न.१०)
लाभ :
यसले शरीरमा गर्मी बढाउछ
कफलाई सुखाउँछ
सावधानी : यसको प्रयोग गर्दा जल,फल तथा दुधको प्रयोग धेरै मात्रामा गर्ने, लामो समयसम्म यसको प्रयोग नगर्ने ।

योग साधना एवम योग चिकित्सा रहस्य पुस्तकको सहयोग बाट

React to this post

I am keshab acharya from khotang diktel. Studied at Tri-Chandra multiple campus(BSc physics)


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/keshabacharyacom/public_html/wp-includes/functions.php on line 6031

Leave a Reply

Your email address will not be published. Required fields are marked *

© Keshab Acharya 2019-2024 All rights reserved. Site By: Neptop About Us Advertisment Privacy Policy Contact Us