प्राणायाम, प्राणायाम गर्दाका फाइदा र केहि नियमहरु


Saturday, Mar 2021

यदि तपाइले खाना खान छोड़नु भो, पानि पिउन छोड़नु भो भने कति दिन बाँच्न सक्छु जस्तो लाग्छ ? त्यस्तै यदि तापाइले श्वास लिन छाड़नु भो भने कति दिन बाँच्न सक्छु जस्तो लाग्छ ?  खाना र पानी छाडेर तपाई ३-५ दिन बाँच्न सक़्नुहोला तर श्वास लिन छाड़नु भो भने दिनको कुरा छोड़नुस कति मिनेट भन्नु पर्ने हुन्छ। जब एक व्यक्ति जन्मन्छ, उसले गहिरो सास फेर्छ र जब ऊ मर्छ , ऊ पूर्ण रुपले बाहिर निस्किन्छ। वास्तमै भन्ने हो भने श्वास नै जीवन हो र यसैले सम्पूर्ण शरीरलाई चलाएमान बनाएको छ।

प्राणायाम दुई शब्द मिलेर बनेको छ, प्राण र आयाम ।  प्राण शब्दको सामान्य अर्थ हो जीवन्तता या सक्रियता र आयामको अर्थ हुन्छ नियंत्रण। समग्रमा भन्ने हो भने प्राणलाई नियन्त्रण गर्नु नै प्राणायम हो।

उपनिषदमा प्राण लाई ब्रम्हा भन्ने गरिन्छ,

हठयोग विज्ञानको भाषामा नाड़ि, चक्र र कुण्डलिनीको समुच्मय प्राण हो।

आध्यात्मिक भाषामा प्रयुक्त ओजस् वर्चस् नै प्राण हो।

व्यावहारिक प्रयोजनमा प्राण त्यो शक्ति हो जसले जीवन,गति र आयु प्रदान गर्छ।

योगदर्शन अनुसार;

तस्मिन्  सति श्वासप्रश्वासयोगर्तिविच्छेद: प्राणायाम (२।४९)

अर्थात आसन स्थिर भए पछि श्वास भित्र लिने र श्वास वाहिर छोड़ने स्वाभाविक गतिलाई विच्छिन्न गर्नुलाई प्राणायाम भनिन्छ।

त्यस्तै योगदर्शन मै भनिएको छ,

धारणासु च योग्यता मनस: (२।५३)

अर्थात प्राणायामको अभ्यासले धारणा ध्यान आदि अभ्यासमा पनि मनमा विशेष योग्यता आउँछ।

प्राणायाम गर्दा श्वास प्रस्वासलाई विशेष ध्यान दिनुपर्छ। योग ग्रन्थमा भनिएको छ,

प्राणायामेन युक्तेन सर्वरोगक्षयो भवेत् 

आयुक्ताभ्यासयोगेन सर्वरोगसमुद्गम।। (हठप्रदीपिका २।१७)

अर्थातस समुचित तरिकाले गरेको प्राणायामले सम्पूर्ण रोगको  निराकरण गर्दछ, जबकी गलत तरिकाले प्राणायाम गरेमा त्यसले अनेक रोग जन्माउने भय रहन्छ।

जब हामी सास फेछौ, हावा भित्र पस्ने र बाहिर निस्कने गर्छ। हावालाई पाँच भागमा बाँडिन्छ वा यो शरीरको पाँच स्थानमा स्थिर हुन्छ भन्ने गरिन्छ। त्यसैले यसलाई शरीरको पन्चकहरु भनिन्छ।

क) प्राण

ख) अपान

ग) उदान

घ) समान

ड.) ध्यान

यदि माथिका कुनै मध्ये एउटामा मात्रै समस्या आएमा शरीर, दिमाग र चेतना पनि रोग र शोकबाट ग्रसित हुन्छ। त्यसैले माथिका सबैलाई मिलाएर मात्र जागरण चेतना आउँछ, सम्झनाहरु सुरक्षित हुन्छन्।

प्राणायामका प्रकारहरु

क) भस्त्रिका प्राणायाम

ख) कपालभाति प्राणायाम

ग) वाह्य प्राणायाम

घ) अनुलोम- विलोम प्राणायाम

ङ) भ्रामरि प्राणायाम

च) नाड़ी-शोधन प्राणायाम

छ) सूर्यभेदी या सूर्यागं प्राणायाम

ज) चन्द्रभेदी या चंद्राग प्राणायाम

झ) कर्नरोगान्तक प्राणायाम

उ-) शीतलि प्राणायाम

ट) सीत्कारी प्राणायाम

ठ) मुछर्या प्राणायाम

ड़) प्लाविनी प्राणायाम

ढ) केवलि प्राणायाम

ण) ओंकार जप

प्राणायाम गर्दाका फाइदाहरू:

  • मन स्थिर, शान्त, प्रसन्न तथा उत्साहित हुन्छ।
  • ह्रदय,कलेजो तथा मस्तिष्क सम्बन्धि सम्पूर्ण रोग ठिक हुन्छ।
  • मोटोपन, मधुमेंह, गैस, क़ब्ज़, अम्लपित्त, किडनी तथा पोस्टेट सम्बन्धी सबै रोग ठिक हुन्छ।
  • पाचन तन्त्र पूर्ण स्वस्थ हुन्छ।
  • नकारात्मक विचार समाप्त भई सकारात्मक विचार उत्पन्न हुन थाल्छ।
  • रक्तचाप सम्बन्धी समस्याहरू बाट बच्न सकिन्छ।
  • थाँयरायड टाँन्सिल जस्ता घाँटीका सम्पूर्ण रोग निको हुन्छ।
  • बहत्तर करोड़, बहत्तर लाख, दस हज़ार दुई सय नाड़िहरु शुध्द हुन्छन।
  • तीन दोष( वात,पित्त , कफ) समतामा रहन्छ।
  • ध्यान गर्नको लागी सामर्थ प्राप्त हुन्छ।
  • कुण्डलिनी जागरण गर्न शक्ति प्राप्त हुन्छ।

प्राणायाम गर्दाका केहि नियमहरु:

  • आफ़ूलाई सजिलो लाग्ने आसन( सिद्दासन, वज़्रासन अथवा पध्मासन) मा बस्नु पर्ने हुन्छ।
  • वरीपरीको वातावर निर्मल, स्वच्छ, सान्त तथा एकान्त हुनुपर्छ।
  • मेरुदण्ड सधैँ सिधा तथा शरीर सहज हुनुपर्छ।
  • स्वास लिँदा सधैं नाकबाट लिनुपर्ने हुन्छ।
  • प्राणायाम गर्नु अघि योग गर्नु फाइदा जनक मानिन्छ।
  • भोजन सात्विक हुनुपर्छ साथै प्राणायाम गर्ने व्यक्तिले भाङ, धतुरो, रक्सि चुरोज जस्ता लागुपदार्थ प्रयोग गर्नु हुन्न।
  • गर्भवती महिला, धेरै भोकाएको अवस्था, ज्वरो आएको अवस्था तथा अनिंद्रा को समयमा प्राणायाम गर्नु हुन्न ।
  • अघाएको पेटमा( कम्तिमा ३ घण्टा पछि मात्र) प्राणायाम गर्नु हुन्न।
  • मैथुन या संभोग कार्य गर्ने वितिकै प्राणायाम गर्नु हुन्न।

!!गरौं योग रहौं निरोग!!

React to this post

I am keshab acharya from khotang diktel. Studied at Tri-Chandra multiple campus(BSc physics)


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/keshabacharyacom/public_html/wp-includes/functions.php on line 6031

Leave a Reply

Your email address will not be published. Required fields are marked *

© Keshab Acharya 2019-2023 All rights reserved. Site By: Neptop About Us Advertisment Privacy Policy Contact Us