यदि फेरी लक्डाउन भयो भने के गर्नु हुन्छ ? उत्तर हुन्छ लक्डाउन गर्नु हुन्न भनेर आवाज उठाउने वा लक्डाउन को विकल्प खोज्ने किनकी लक्डाउनले गर्दा सम्पूर्ण मानिस तर्सिएका थिए, दिनभरी कोठामा बस्दाको पिंडा र कोरोना लागेर मरिहाल्ने हो कि भन्ने चिन्ता ले मानिसहरु आकुल व्याकुल भएका थिए । अझ सधै भरी घुम्ने, डुल्ने व्यक्तिको लागी त लक्डाउन लक्डाउन हैन एउटा ठुलो अपराध गरेर कारागारमा बसेको कैदी जस्तै भएको थियो । मान्छेको स्वभाव नयाँ- नयाँ ठाऊँ घुम्नु, नयाँ साथि बनाउनु साथि भाई मिलेर गफ-गाफमा रमिनु हुन्छ, यस्तो स्वभावका मानिसलाई करिब छ सात महिना घरबाट निस्कन नदिनु भनेको साँच्चैनै अपराध गरेको अपराधिलाइ कारागारमा थुन्नु जस्तै हो । यो लकडाउनमा मानिसले आफुले आफैलाई साच्चै नै कारागारमा बसेको कैदिको जस्तो अनुभव गरे ।आफ्ना छिमेकी, इष्ट मित्र लाई भेट्न नपाउँदाको पिडा, आफ्ना सन्तानबाट टाढीएका आमाबाबु र आमाबाबु बाट टाढीएका सन्तानलाई साच्चैनै लक्डाउन पिडादाएक बन्न पुग्यो । मानिसले साच्चैनै आफ्नो स्वतन्त्रताको हनन् भएको अनुभब गरे।
५-६ महिना कोठा भित्र बस्दा मानिसले यस्तो अनुभब गरे भने वर्षै देखि एउटा पिन्जडामा कैद भएको सुगाले यस्तो अनुभब गर्ला कि न गर्ला ?आफ्नो स्वतन्त्रता हनन् भएको अनुभव गर्ला कि न गर्ला ?
वर्षै सम्म भेट नभएका आफ्ना छर -छिमेक, इष्ट- मित्रसंग भेट्न मन होला कि न होला ?
आफ्ना पिडा, बेदना आफ़्नै भाषामा आफ्नासंग शेयर गर्न मन होला कि न होला ?
अबस्य हुन्छ होला, यदि नहुने हो भने किन पिन्जडाबाट छोडिएको सुगा मनै हलुङ्गो पारी आकासमा उडदै कहिलै नफर्किने गरी जान्छ।
जसरी विवाह गरेर पहिलो चोटी माईत फर्केकी महिला रमाँउदै कहिले आफ्नालाई भेट्ने भन्दै दगुर्छे त्यसैगरी किन वेगले उडेर गएको होला??
के उसलाई पिन्जाडामा बस्दा खान नदिएको हो त ?
के उसलाई डर त्रास देखाएको हो त ? यदि हैन भने खान बस्न दिने मान्छे छाडेर कहिलै नफर्किने गरी कहाँ गएको होला ?
तपाई लकडाउनको समयमा आफ्नासँग धेरै बस्दा, गफ-गाफ गर्दा वाक्क दिक्क हुनु भो भने त्यो त झन विलकुलै अलग संसारमा छ,न त त्यसले तपाईले बोलेको नै बुछ्छ न त्यसले बोलेको तपाई नै बुझनुहुन्छ।
उसलाई पनि त मन होला नि आफ्नासँग कहिले हिमाल, कहिले पहाड र कहिले तराई झर्न ।
उसलाई पनि त मन होला नि आफ्ना दु:ख- सुखका पलहरू आफ्नासंग आफ्नो भाषामा शेयर गर्न।
तपाईले आफ्नो बच्चालाई पढ़ाउँन गाऊँबाट सहर पठाउँनु भो भने तपाईलाई न्याश्रो, चिन्ता लाग्छ कि लाग्दैन ?
तपाईले आफ़्नो परिवारको कोहि सदस्य गुमाउनु भो भने तपाईलाई पिर चिन्ता लाग्छ कि लाग्दैन ? तेस्तै एउटा पिन्जडामा कैद भएको सुगालाई पनि त न्याश्रो, पिर चिन्ता लादो हो नि!
उसलाई पनि त मन छैन होला नि जबरजस्ती अर्काको भाषामा ‘हेल्लो ममी’ ‘के छ ख़बर’ को आएको जस्ता शब्दहरु बारम्बार भन्न।
उसलाई पनि त मन होला नि आफ़्नो भाषामा भोक लाग्यो, तिर्खा लाग्यो, मलाई यो मन पर्दैन, आज मलाई सन्चो छैन … जस्ता कुरा हरू भन्न । तर उसको आवाज कसले सुन्ने ? अधिकार मात्रा खोज्ने तर कर्तव्य चै भुसुक्कै बिर्सने मानिसले एउटा निरिह पन्छिलाई पिन्जडामा थुन्दा आफ्नो अधिकार ठान्छ कि कर्तव्य ? अर्कालाई अधिनमा राखेर आफु ठुलो हुने वृत्ति कहिले अन्ते गर्ने ?
एउटा मान्छे थुनिदा मानव अधिकार हनन् भो भनेर चिच्याउँने, आन्दोलन गर्ने मानवअधिकारकर्मीले एउटा निरीह पन्छि वर्षै देखी पिन्जडामा थुनिएको देख्दैन ? मानिसले स्वतन्त्रतामा बस्ने पाउने अधिकार जस्तै पशु-पन्छिको पनि आफ्नो स्वतन्त्रतामा रम्न पाउँने कि न पाउँने ?
अवसोच मानव अधिकार हनन् भयो भन्दै आन्दोलन गर्ने मानवअधिकारकर्मीकै घरको गेटमा पिन्जडा झुण्डाइ पिन्जडामा सुगा राखिएको छ र तै सुगालाई जबरजस्ति रटाइयको छ; मानवअधिकारकर्मी को घरमा स्वागतम्!! स्वागतम्!! स्वागतम्!!!
Leave a Reply