दिनभरि काम गरिसकेपछि जब शरीर र दिमाग थकित अनि निष्क्रिय हुन्छ , ज्ञानिन्द्रिय र कर्मिन्द्रिय पनि थाक्छ्न तब व्यक्ति निन्द्राको स्थितिमा जान्छ । यसरी त्यो अबस्था जब मनको र दिमगागको सम्पर्क इन्द्रिय र कर्मिन्द्रियहरु बाट विच्छेदन हुन्छ त्यो अबस्थालाई निन्द्रा भनिन्छ । जब व्यक्ति पूर्ण निन्द्रामा हुन्छ उसको शरीरले श्वास लिने छाड्ने र रक्तसंचारको कार्य गरिरहेकै हुन्छ तर अरु कार्य रोकिन्छ । यसले गर्दा निन्द्राको अबस्थामा धेरै नै कम ऊर्जा खपत हुन्छ । यहि कारणले गर्दा निन्द्रा पछि व्यक्ति स्वस्थ्य र ऊर्जासिल महसुस गर्छ ।
जसरि एउटा व्यक्ति स्वस्थ्य रहन सन्तुलित खाना खान्छ , व्यायाम गर्छ त्यसै गरी स्वस्थ रहन गहिरो निन्द्रा पनि आवश्यक छ । जब मान्छेले पर्याप्त निन्द्रा पाउदैन तब त्यो मान्छे निरोगी हुन्छ अथवा भनौ पागल नै हुन्छ । शरीर स्वस्थ र स्फुर्तिलो बानाइ राख्न गहिरो निन्द्रा अतिनै आवश्यक छ ।
रातीको समय निन्द्राको लागी अनुकुल हुन्छ किनकी रातमा शरीरको कफ दोष र मनको तपस दोषले निन्द्रा ल्याउन सहयोग गर्छ । रात्रीमा अन्धकार , कम आवाज साथै दिनको तुलनामा चिसो वढी हुने हुदा यि दोष बद्छन र राम्रो निन्द्रामा सहयोग पुग्छ ।
आयुर्वेद अनुसार राति चाडै सुत्नु र बिहान छिटै उठ्नु भनिएको छ किनकी रातीको समयमा तमको प्रभाव हुन्छ र मिठो निन्द्रा लाग्छ, त्यस्तै विहान छिटै उठ्दा वात तथा कफ प्रमुख हुन्छ जसले शरीरमा स्फूर्ति, ताजापन, आनन्द वा उत्साहा बढाउछ । तेस्तै बिहान छिटै उठेर बाहिर घुम्ने गर्दा सुद्ध हावा तथा शान्त वातावरणले स्वस्थ रहन महत्वपूर्ण भूमिका खेल्छ ।
जब निन्द्रा बिथोलिन्छ स्वाथ्यमा गडबढ हुन थाल्छ , त्यसैले गहिरो निन्द्रा लिनु भनेको चिकित्सकहरुको सल्लाहा वमोजिम औषधि शेवन गर्नु जत्तिकै हो । यति हुदाँ हुदै अहिले अनिन्द्राले एउटा विकराल अवस्था लिएको छ । एक घर एक अनिन्द्राको औषधि खानुपर्ने वाध्यता भएको छ । अझ युवा पिढीलाई त अनिन्द्राले धेरै नै सताएको छ । जसले गर्दा युवा पिढी जाड , रक्सि , चुरोट , गाजा, भाङ जस्ता लागु पदार्थको सिकार भैरहेका छन ।
अनिन्द्राको कारण के हो र यसबाट कसरी छुट्कारा पाउने भन्ने बारे तल चर्चा गर्ने छौ
अनिन्द्राको कारणहरु
अनिन्द्रा कम गर्ने केहि उपया
Leave a Reply